
ललितपुर । कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनको सन्दर्भ पारेर ‘बा कै काँधमा चढेर हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा छोरोको भूमिका गरेका १३ महिनाका बालक अच्युतमश्रीको छक्क पार्ने अभिनय रहेको छ ।
प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रचना रहेको गीतमा सङ्गीत र स्वर विपिन घिमिरेको रहेको छ । गीतमा सङ्गीत संयोजन सञ्जय श्रीपालको रहेको छ । गीतको भिडियोमा बुवाको भूमिका स्वास्थ्य व्यवसायी समेत रहेका सञ्चार उद्यमी हरि प्रसाद तिमल्सिनाले निर्वाह गरेका छन् । त्यसै गरी भिडियोमा अस्टिन तिमल्सिना इकेवा डेन्टल क्लिनिकका डाक्टर विपिन मान कायस्थको पनि अभिनय रहेको छ ।
भिडियो धापाखेल र जावलाखेलमा छायाङ्कन गरिएको हो । भिडियो निर्माणमा जावलाखेलमा रहेको इकेवा डेन्टल क्लिनिकको पनि सहयोग रहेको छ ।
भिडियोलाई एल आर अधिकारीले छाँयाकन , सम्पादन र निर्देशन गरेका हुन् । भिडियो बिजनेस पाटी मिडिया प्रालिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो हेर्नेहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया