|
|
२०८२ भाद्र ८
510 views
ललितपुर - ललितपुर । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि भदौ १५ गतेदेखि २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

बिजनेस पाटी