गायक चेतन राईले ‘हाँसिदेउन’ बोलको भिडियो ल्याउँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८
|
1.7k views

ललितपुर -

ललितपुर । गायक तथा सङ्गीतकार चेतन राईले ‘हाँसिदेउन’ बोलको म्युजिक भिडियो केही दिनमा सार्वजनिक गर्ने भएका छन् । 

 उक्त म्युजिक भिडियोको छायाङ्कन शनिवार गरिएको हो ।  म्युजिक भिडियोमा सुजन सुवेदी, ज्योति खड्काको अभिनय रहेको छ । 

गायक तथा सङ्गीतकार राई आफैले निर्देशन गरेको भिडियोलाई सविन तिमल्सिनाले खिचेका हुन् । 

गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन । सङ्गीत संयोजन सबिर कार्कीले गरेका हुन् । 

 पात्रो/राशिफल  रेडियो YouTube