२०८२ भाद्र ९ | Aug 25, 2025

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ९

ललितपुर। आज नेपाली बजारमा सुनको मूल्य सामान्य रुपले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।

जसअनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सोही सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । नेपाली हिन्दु महिलाले मंगलबार तिज मनाउँदै छन् । तिजको अवसरमा सुनचाँदीको व्यापार राम्रो हुने व्यवसायीहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement