
ललितपुर । नेपाल शिक्षक महासंघले आजबाट पुनः सडक आन्दोलन थालेको छ । महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गरेको हो।
यसअघि गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन पश्चात् सरकार र संघबीच ९ बुँदे सहमति भएको थियो । सहमति पश्चात् आन्दोलन स्थगित गरेको संघले पुनः भदौ ९ गतेबाट आन्दोलन थालेको छ । यसअघि भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा सरकारले आफूसँग गरिएका सहमति कार्यान्वयन नगरेकोले महासंघ बाध्य भएर पुनः आन्दोलनमा होमिनु परेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
यस्तै, अध्यक्ष लक्ष्मी सुवेदीले विधेयकले शिक्षकहरूको सेवा, सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाएका छन् ।
महासंघले २०७५, २०७८, २०८० र २०८१र८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति (हालको ६०५–४०५ को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध स्वरुप आन्दोलनको निर्णय लिएको हो ।
महासंघले पहिलो चरणमा आथ अर्थात् भदौ ९ मा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराउने र भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टे धर्ना दिने जनाएको छ।
अध्यक्षले सुवेदीले भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन, जसमा धर्ना, अवरोध र विरोध प्रदर्शन हुने जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया