२०८२ भाद्र १३ | Aug 29, 2025

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ११

ललितपुर। आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य बढेर तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement