२०८२ भाद्र ११

ललितपुर। कृषि विकास बैंकको सञ्चालक समितिअध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो।
उनले निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा २५ वर्षभन्दा बढी नेतृत्वदायी अनुभव हासिल गरेका छन्। चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थालाई प्रभावकारी व्यवस्थापन गर्दै सफल बनाएको उनको अनुभव प्रशंसनीय मानिन्छ।
नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेलले वित्त तथा व्यवस्थापन परामर्श दाताको रूपमा देश तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका छन् । हाल उनी ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जी लिमिटेडका अध्यक्षसमेत छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया