२०८२ भाद्र १२ | Aug 28, 2025

सुनको मूल्य दुईलाखको नजिक, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १२

ललितपुर । आज नेपाली बजारमा सुनको मूल्य दुई लाखको नजिक पुगेको छ भने चाँदीको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार विहीबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो। बुधबार, नेपाली बजारमा सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement