२०८२ भाद्र १३ | Aug 29, 2025

आठ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १२

ललितपुर । आईसिएफसी फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बराबरको ऋणपत्र “८% आई.सि.एफ.सि.फाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ ।

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् ।

उक्त सम्झौता पत्रमा आई.सि.एफ.सि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement