|
|
२०८२ भाद्र १५
1k views
ललितपुर । बागमती प्रदेशसभाको बैठक आइतबार दिउँसो २ः०० बजे बस्दै छ । आजको बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।
विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उनले बताए
त्यसैगरी आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्ने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताए ।
यसैबीच, प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत राखिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया