२०८२ भाद्र १७ | Sep 02, 2025

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १६
|
51 views

ललितपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।


यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आज आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् । उनका अनुसार बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ ।

बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ । उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रु एक हजार र साधारण प्याराफिटर्फ रु पाँच सय टिकट दर निर्धारण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement