२०८२ आश्विन १६ | Oct 02, 2025

सागर डिष्टिलरी दोस्रो चरणको आईपीओ निष्काशन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १७
|
1.9k views

ललितपुर । आगामी भदौ २५ गतेदेखि सागर डिष्टिलरी लिमिटेडले दोस्रो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । अब भने कम्पनीले दोस्रो चरणको आईपीओ (सर्वसाधारणका लागि) निष्काशन गर्न लागेको हो।

यसअघि नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।

दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया