२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक साढे १५ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १७
|
918 views

ललितपुर । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेर बन्द भएको छ। सोमबार १२.०३ अंक बढेर २७६१.८६ विन्दुमा बन्द भएको नेप्से, मंगलबार भने सोही सेसनमा १५.६५ अंक बढेर २७७७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.८४ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ६१ स्टकको ४४१ पटकको कारोबारमा १६ लाख ९३ हजार ४३४ रुपैयाँ २० पैसाबराबरको ६ हजार २१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया