
ललितपुर । प्रभु बैंक लिमिटिेड र काठमाडौंको दरबार मार्गस्थिति ल्यान्डमार्क होटेल तथा रिसोर्ट बीच विशेश छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बुधबार अर्थात् भदौ १८ गते प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कपोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
दुई पक्ष बीचको यस सम्झौता पश्चात् ल्यान्डमार्क होटेल तथा रिसोट अन्र्तगत चितवन, पोखरा, काठमाडौँ,तनहु र भैरहवा लगायत शाखा सँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेश छुट पाउने भएका छन् ।
यस सम्झौता पश्चात् प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया