२०८२ भाद्र २२
4.7k views

ललितपुर । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड बनाएको छ। गत साता पनि दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्यले यस साताको सुरुकै दिनमा अघिल्लो साताको सबै रेकर्डहरुलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन अर्थात गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। गत शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया