
ललितपुर । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतवार) २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।
यतिबेला कुल निक्षेप ७२ खर्ब भन्दा पनि धेरै भइसकेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पछिल्लो एक वर्षदेखि तरलता खिच्दै आएको छ ।
केन्द्रीय बैंकले आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोलकबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
पछिल्लो समय राष्ट्र बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै तरलता व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया