
ललितपुर । युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले पहिलो पटक रुसले युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण गरेको बताएकी छन्।
ʻशत्रुको पहिलो आक्रमणले सरकारी भवनको छाना र माथिल्लो तलालाई क्षति पुर्यायो। उद्धारकर्मीहरूले आगो निभाउने काम गरिरहेका छन्,ʼस्विरिडेन्कोले सामाजिक सञ्जाल फेसबुक मार्फत् लेखेकी छन्।
यस्तै, किभका मेयर भिटाली क्लिच्कोले सरकारी भवनमा आगलागी कथित ड्रोन आक्रमणका कारण भएको बताए। क्लिच्कोले टेलिग्राममा भवन मध्य पेचेर्स्की जिल्लामा अवस्थित छ।
किभका अन्य भागमा पनि आक्रमण भएका छन्। एउटा गोदाम, १६ तले आवासीय भवन र चार तले भवनलाई निशाना बनाइएको छ।
युक्रेनी अधिकारीहरूले राजधानी कीभमा राति गरिएको रुसी ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताएका छन्।
रुसले मध्य युक्रेनमा अवस्थित राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा पनि आक्रमण गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया