२०८२ भाद्र २२
816 views

ललितपुर। सामाजिक सञ्जाल बन्दको र भ्रष्टाचारको विरोध तथा देशमा सुशासनको माग राख्दै जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् ।
भोलि (सोमबार) देखि काठमाडौंको नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका छन् । उक्त अभियानमा दुर्गा प्रसाईंले पनि आफ्नो साथ रहने घोषणा गरेका छन् ।
आज (आइतबार)सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै प्रसाईंले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा जुट्ने सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई धन्यवाद समेत दिएका छन् ।
उनले लेखेका छन्, “यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछ । गत चैत १५ जस्तो सरकारले दमन नगरोस्’ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया