२०८२ भाद्र २३
714 views

ललितपुर । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य रुपमा घटेको छ। पछिल्ला केही दिनदेखि निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य आज भने सामान्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबारको तुलनामा यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो। आइतबार छापावाला सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ। बुधबार तोलाको २ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी, सोमबार भने २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया