२०८२ आश्विन १६ | Oct 02, 2025

भीआइपी क्षेत्रमा पनि कर्फ्यू आदेश जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
2.3k views

ललितपुर । आजको जेनजी पुस्ताको प्रदर्शनलाई थाम्न नसकेर काठमाडौं जिल्ला प्रशासनले विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । पहिलो सूचना निकालेर उग्र बन्दै गएपछि स्थानीय प्रशासन राष्ट्रपति र प्रधानमन्त्री निवासलगायत भीआइपी क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

पहिलो चरणमा नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले देस्रो चरणमा भने दोस्रो चरणको आदेशमा राष्ट्रपति कार्यालय, शितल निवास चोक महाराजगञ्ज, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रालय क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र आसपासमा कर्फ्यू जारी गरिएको हो ।

कर्फ्यू दिउँसो १ बजेदेखि राती १० बजेसम्मका लागि जारी गरिएको छ । कर्फ्यू अवधिभर यी क्षेत्रमा कुनै पनि भेला, जुलुस, बैठक, कार्यक्रम गर्न निषेध गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया