२०८२ आश्विन १६ | Oct 02, 2025

जेनजी प्रदर्शन क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ५ पुग्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
2k views

ललितपुर । आज (सोमबार) भएको जेन जीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । काठमाडौंको मिनभवनस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा उपचारका क्रममा अन्य चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

मृतकहरु सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

दिउँसो साढे १२:३० बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। तर आन्दोलन भने रोकिएको छैन ।

घाइतेहरूको संख्या ८० भन्दा बढि भएको भनिए पनि अझैसम्म यकिन भइसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया