२०८२ भाद्र २३
2k views

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा सोमबार राजधानीसहित देशभर जेनजीको प्रदर्शन भइरहेको छ । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर ५ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
आज बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आजको बानेश्वर घटनाका विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया