२०८२ आश्विन १६ | Oct 02, 2025

पछिल्लो अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
1k views

ललितपुर । जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्म १४ जनाको मृत्यु भएको हो ।

सिभिल अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पतालमा र केएमसी गरी जम्मा १५ जनाको मृत्यु भइसकेको छ । सिभिल अस्पतालमा मृत्यु हुने एक जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा धनकुटा घर भएका अन्दाजी ३५ वर्षीय पारुहाङ उथुमी राई रहेका छन् ।

भ्रष्टाचारको विरुद्धमा आज जेनजी पुस्ताले माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १२३ जना घाइते भएका छन् । घाइतेहरूमध्ये सिभिलमा अस्पतालमा मात्र १७ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ट्रमा सेन्टरमा ५० जना घाइतेहरूको उपचार हुँदैछ । एभरेस्ट हस्पिटल, केएमसी, पाटन, भेनस, भरोसा र बयोधा अस्पतालमा समेत घाइतेहरूको उपचार हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया