
बिजनेसपाटी डेस्क । धेरै अघिको समयमा जानु परेन व्यवस्था बदल्नका लागि भनेर तत्कालीन विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धका समयमा बम र बारुदले ध्वस्त पारेका भौतिक संरचनाहरू शान्तिपूर्ण जन आन्दोलन पछिका दिनमा र विनाशकारी भूकम्पले तहस नहस पारेका संरचनाहरू त्यस पछिका दिनमा पुन निर्माण गरिए सञ्चालनमा छन् ।
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीहरूले सरकारले निषेधित क्षेत्र घोषणा गरेको नयाँबानेस्वर क्षेत्रको निषेध तोड्दै अघि बढेका उनीहरूले नयाँबानेस्वरमा रहेको संसद् भवनमा भदौ २३ गते तोडफोड नै गरेको भए त्यो पनि पुन निर्माण हुनेथ्यो फेरी बन्थ्यो । तर आम निराशाका कारण सामाजिक सञ्जालबाट विद्यालयको झोला ,पोसाक र राष्ट्रिय झण्डा बोकेर भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा सडक आन्दोलनमा उत्रिएका होनहार युवा युवती जेनजीहरू माथि भएको गोली प्रहारबाट जीवन गुमाएका १५ जना (यो टिप्पणी लेखिरहँदा तिन पत्रकार सहित घाइतेको संख्या अझै एकिन छैन् ।) को जीवन उनीहरूको आफ्नो सपना र घर परिवारको सपनाको समेत हत्याको जिम्मा वर्तमान सरकारले लिनु पर्दछ ।
नागरिकको आवाज थुन्ने र नागरिकको कुरै नसुन्ने वर्तमान सरकार नेपाली जनतालाई चाहिएको छैन । अझ आफूलाई लोकतान्त्रिक भन्ने काँग्रेस एमालेको बहुमतको सरकारबाट यो अपेक्षा नेपाली जनताले गरेका थिएनन् ।
जेनजीहरू यस अघि उनीहरू कतैबाट र कसैबाट परिचालित थिएनन् र आजको प्रदर्शनमा आएका ती लाखौँ युवा युवतीहरू मध्य केही प्रतिनिधि आन्दोलनकारी सँग बिजनेस पाटीले कुराकानी गर्दा दलका नेताहरूको कार्यले आफ्नो पुस्तामा आशा जगाउन नसकेको र आफूूहरुलाई निराश बनाएका कारण स्वतः स्फूर्त प्रदर्शनमा सहभागी हुन आएको र आफूहरू शान्ति पूर्ण प्रदर्शन गर्न आएको बताएका थिए । प्रदर्शनमा हिमाल, पहाड, मधेश , तराईका बिद्यार्थीहरु सहभागी थिए ।
तर शान्तिपूर्ण भनिएको आजको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते भएका धेरै होनहार युवाको अकालमा ज्यान गएको छ । जुन इतिहासकै अत्यन्त दुखद घटना हो । उनीहरू राजनीतिक माग लिएर सडकमा उत्रेका थिएनन् । नत कुनै दलको आव्हानमा आन्दोलनमा आएका थिए । तर प्रदर्शन हिंसात्मक बन्यो । हिंसात्मक बन्नुमा जेनजीहरूको प्रदर्शनमा घुसपैठ भएको जेनजीहरुकै भनाई छ । घटना हेर्दा घुसपैठ भएकै हैन भन्ने चाहिँ भन्न सकिदैन् । प्रदर्शनमा सहभागीहरू जेनजीहरु मात्र थिएनन् भन्ने कुरा क्यामरामा कैद भएका तस्बिर बाट पनि पुष्टि हुन्छ ।
देशमा केही गर्न अवसर नपाउने विदेश जान खोज्दा पनि सफलता नमिलेर आक्रोशित हुने युवायुवतीको सङ्ख्या बढ्दै जाँदा सरकारले गम्भीरतापूर्वक लिन सकेन । उनीहरू निराश हुनुको कारण खोजी हुन सकेन । पलायनको कारण पनि खोजी भएन । बरु उल्टो दिनदिनै भ्रष्टाचार र भ्रष्टाचारीलाई जोगाउने प्रयत्न देखेका युवा युवती सरकार र दलका नेता प्रति आक्रोशित थिए त्यसमा पछिल्लो पटक सरकारले लगाएको फेसबुक लगायत सामाजिक सञ्जालमाथिको प्रतिबन्धले झनै आक्रोशित हुँदै सामाजिक सञ्जाल बाट सडकमा आएका हुन् । यो सरकारमा बस्नेहरूको रवैया ठिक छैन । युवाहरूले अहिले उठाएको माग जायज छ । आजको घटनामा सरकार अन्तर्राष्ट्रिय रूपमै आलोचित त भएको छ नै यसले नैतिकता गुमाएको मात्र छैन विवेक समेत गुमाएकोले अब वर्तमान सरकार नेपाली जनतामाथि शासन गर्न लायक पनि रहेन । आगामी निर्वाचनले त धेरैलाई पत्ता साफ नै पार्ने आङ्कलन छ नै तर अहिले नै जनता सामु माफी मागेर मार्ग प्रशस्त गरे बचेखुचेको साख जोगिएला ।
फेसबुकबाट तपाईको प्रतिक्रिया