२०८२ आश्विन १६ | Oct 02, 2025

लेखकले नैतिकताका आधारमा राजीनामा दिने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
918 views

ललितपुर । बुढानिलकण्ठमा जारी कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने जानकारी गराएका छन् । यस अघि दिउँसो तीन सुरक्षा नियकायका प्रमुखले गृहमन्त्री रमेश लेखकसमक्ष जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको ब्रिफिङ गरेका थिए ।
ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा थिए ।
उनीहरूले रास्वपा, राजावादी र दुर्गा प्रसाईंका समूहको घूसपैठ हुँदा स्थितिले हिंसात्मक रुप लिएको जानकारी गृहमन्त्रीलाई दिएका थिए ।
यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयले भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म ललितपुरका विभिन्न क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना जस्ता गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरेको छ ।

पुल्चोकस्थित यु एन हाउस र न्यायाधीश निवास वरिपरि २०० मिटर क्षेत्र (पूर्व इनारमोड जाने बाटोदेखि, पश्चिम निजामती राष्ट्रिय किताबखाना, उत्तर आन्तरिक राजस्व कार्यालय, दक्षिण मानव अधिकार आयोगसम्म)

भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र (पूर्व भैंसेपाटी–बुंगमती सडक, पश्चिम सिजी हाउजिङ, उत्तर भैंसेपाटी आवास गेट, दक्षिण इटनी जाने बाटोसम्म)

सानेपा स्थित नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय क्षेत्र (पूर्व सानेपा चोक–ईन्द्रायणी मन्दिर सडक, पश्चिम बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर, उत्तर चक्रपथको सर्भिस लेन, दक्षिण इन्द्रायणी मन्दिर–बागमती करिडोर सडकसम्म)

च्यासलस्थित नेकपा (एमाले) पार्टीको केन्द्रिय कार्यालय क्षेत्र (पूर्व मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिम च्यासल रंगशाला, उत्तर मनोहरा खोला, दक्षिण मल पोखरी जाने बाटो) सम्म निषेधाज्ञा जारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया