
ललितपुर । भदौ २३ अर्थात् सेप्टेम्बर ८ मा घटेको घटनालाई लिएर थप हिंसा भड्कन सक्ने भन्दै उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयले निशोधाज्ञा जारी गरेका छन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र बिान ८ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) कफ्र्यू आदेश जारी गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यू आदेश जारी गरिएको हो ।
कफ्र्यू आदेशअनुसार काठमाडौँ महानगरपालिकाका चक्रपथभित्र चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।
यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाले पनि मंगलबार विहान ७स्०० बजेदेखि रातिको १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू आदेश जारी गरेका छन् ।
कफ्र्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।
भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५) : पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।
सानेपा क्षेत्र (वडा नं २) : पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।
च्यासल क्षेत्र (वडा नं ९) : पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको विज्ञप्तिमा बताएका छन् ।
त्यसैगरी भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञा जारी गरेको छ । आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएकोे आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिकाभित्रको निर्धारित चार किल्लाभित्रका क्षेत्रमा कोही पनि मानिस आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलु, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको छ ।”
कार्यालयले जडीबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रलाई सिमाना मान्दै ती क्षेत्रभित्रको जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र, पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म, कौशलटार बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म, राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नाला (काभ्रे जिल्लाको सिमाना) सम्म, दुवाकोट मोडदेखि नेपाल इञ्जिनियरिङ कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको तिनै जिल्लाका प्रजिअहरुले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया