२०८२ आश्विन १६ | Oct 02, 2025

सञ्चारमन्त्री गुरुङको घरमा आन्दोलनकारीले लगाए आगो, प्रचण्ड निवासमा पनि युवाहरुको तोडफोड

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
2.4k views

ललितपुर । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आक्रोशित जेन जी समूहले मंगलबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा आगजनी गरेका छन्।

सुरक्षा स्रोतका अनुसार ललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीहरूले प्रहरीको कडा घेरा तोड्दै ढुंगामुढा गरेका थिए। त्यसपछि नियन्त्रण बाहिर पुगेका उनीहरूले निवास परिसरतर्फ आगो झोसेका हुन्।

घटनापछि प्रहरी र दंगा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले भीडलाई तितर–बितर पार्ने प्रयास गरेका छन्। आगलागी नियन्त्रणमा लिने काम भइरहेको र अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त नभएको स्रोतले जनाएको छ।

त्यसैगरी प्रदर्शनकारीले खुमलटास्थित पुष्पकमल दाहाल प्रचण्ड निवासमा पनि तोडफोड गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी समेत गरेको बुझिएको छ ।
प्रदर्शनकारीहरुलाई पच्छ्याउँदै कोठा कोठामा पुगेर प्रहरीले ज्याजती गरेका भन्दै आक्रोश निशेधाज्ञा तोडोर प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया