२०८२ भाद्र २४
5.7k views

ललितपुर । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । आज एकैदिन छापावाला सुन तोलामा ३ हजार एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको२ लाख १४ हजार ७०० रुपैयाँ पुगेको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया