कविता : कठै मेरो देश

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
2.2k views

ललितपुर - आन्ना ढुङ्गेल नीता

जे हुनु पर्थ्यो त्यो भएकै छैन
वास्तबमा देश देशजस्तो रहेन
नेता नेता जस्ता रहेनन
यहा त,
नेताजति भ्रस्टाचारी भए
अनि प्रधानमन्त्रीको दम्भ र अहकारको आडमा
कार्यकर्ता जति झोले भए
ब्यापारीले ठगी रहे
जनता निरिह भैरहे
अब भरोसा कसमाथि गर्ने ?
दयनीय अवस्थाको कठै मेरो देश !

      राजनीतिमा बिचार खुइलियो
      नेतामा बिश्वास डगमगायो
      लोकतन्त्रमा निरङ्कुश ता लाद्ने दल
      अझै पनि लोकतान्त्रिक गणतन्त्रको नारा लाउछ
      करोडौ जनताको भावनालाई कुल्चेर
      तिनैको भरोसाको गला रेट्दै
      अझै आफ्नो प्रभुत्व जमाउन खोजिरहेछ ।
      जनताको रगतमा होली खेलेर
      सिेह दरबारमा गर्जिदै गर्दा
      अलिकति पनि आत्माग्लानी भएन ?

      नजिकिदै गरेको दशैमा
      छोरो आउने बाटो कुरेकी अनि
      कलेजबाट फर्कने छोरीको भान्सा कुरेकी
      ती दर्जनौ आमाहरुको काख रित्तिएको छ
      केयौ बुवाहरुको सपना तुहिएको छ
      समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउदै युबापुस्तामाथि टाउकोमा गोली बर्साउदा
      के नेपाल आमाले माफ गर्लिन ?

      neetadhungel2016@gmail.com

       पात्रो/राशिफल  रेडियो YouTube