२०८२ भाद्र २५
6.5k views

ललितपुर। जेनजीको प्रदर्शनपछिको कठिन परिस्थितिबाट उत्पन्न समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो ।
मंगलबार मध्यराति नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि जेनजी वार्ताका लागि तयार भएको हो । जेनजीसँग औपचारिक वार्ता आजै हुन लागेको छ । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि मंगलबार विज्ञप्तिमार्फत आह्वान गरेका थिए ।
तर जेनजीले भने आफूहरुको प्रदर्शन संरचना ध्वस्त पार्ने र देशलाई क्षति पु¥याउने खालको नभएकाले यसमा घुसपैठ भएको दावी गरेको छ ।
आजको वार्तामा नयाँ नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने स्रोतले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया