२०८२ भाद्र २५
1.2k views

ललितपुर । यस साता पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।
“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ ।
बुधबा र विहीबार दुई दिन बन्द हुँदा यो साता शेयर कारोबार नहुने भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया