२०८२ भाद्र २५
1.6k views

ललितपुर । मंगलबार भएको आगजनीका कारण कान्तिपुर दैनिकको अनलाइन पोर्टल इकान्तिपुर बन्द भएको छ । उत्तेजित भिडले कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालयमा आगजनी गरेको थियो । उक्त आगजानीबाट सर्वरमा क्षति पुगेकाले इकान्तिपुरको पोर्टल डाउन भएको बताइएको छ।
त्यसैगरी अन्नपूर्ण मिडिया नेटवर्क भवनमा पनि मंगलबार आगजनी भएको छ । उक्त आगजनीबाट भवनमा क्षति भएको र प्रविधि एवं प्रणालीमा समेत क्षति पुगेकाले आज अन्नपूर्ण पोस्ट प्रकाशन हुन नसकेको अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया