२०८२ आश्विन १६ | Oct 02, 2025

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २५
|
1.1k views

ललितपुर । यसअघि आज मध्यान्न १२ बजे पनि सुचारु भनिएको त्रिभुवन विमानस्थल साँझ ६ः०० सम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि हिजो अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि मात्र विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया