२०८२ भाद्र २५
2.2k views

ललितपुर । जेनजी प्रदर्शनको क्रममा काठमाडौँको कालीमाटीमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी छन् ।
मंगलबार कालिमाटीमा प्रहरीसँग झडप हुँदा उनीहरूलाई गोली लागेको थियो । बल्खु स्थित बयोधा अस्पताल उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।
अहिलेसम्म प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । यसअघि काठमाडौँमा १७ र इटहरीमा दुई जनाको मृत्यु भएको थियो । प्रहरीतर्फ ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया