
ललितपुर। जेनजीले मंगलबार गरेको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भए पनि
मानवीय र नगद क्षति भने नभएको जनाइएको छ ।
बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघले जनाएको छ ।
मंगलबार राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड र लुटपाट गर्न खोजिए पनि नेपाली सेनाका कारण मानवीय र नगद नोक्सानी नभएको जनाइएको छ ।
कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको उनले बताए । बैंकिङ क्षेत्रमा भएको क्षतिको विवरण खोज्ने काम सुरु भएको उनको भनाइ छ । त्यसैगरी डेभलपमेन्ट बैंकहरूमा पनि मंगलबारको आन्दोलनबाट खासै क्षति नभएको संघको निष्कर्ष छ ।
आन्दोलकारीहरूको उद्देश्य बैंकहरूमै आक्रमण गर्ने नदेखिएकाले पनि क्षति नभएको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया