२०८२ आश्विन १६ | Oct 02, 2025

संवैधानिक कर्तव्य निर्वाह गर्न माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई बारको पत्र

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
612 views

ललितपुर । नेपाल बार एशोसिएसनले संविधानसभाले बनाएको संविधान मौजुदा रहेको र प्रतिनिधिसभासहितको सङ्घीय संसद् क्रियाशील रहेको तथा आन्दोलनकारी शक्तिको माग समेत संविधान र व्यवस्थाको परिवर्तन नभएको स्थापित तथ्य रहेको भन्दै संवैधानिक कर्तव्य निर्वाह गर्न माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको छ ।

बिहीबार बारले आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेकोले संविधानको धारा ७६, ७७, ७८ र धारा ६१ को मर्म र भावना भित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न माग गर्दै राष्ट्रपतिलाई पत्राचार गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया