
ललितपुर। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार विहान ९ बजेलाई बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सारिएको छ । अन्तरिम सरकार गठन गर्न आन्तरिक तयारी गर्नुपर्ने भन्दै छलफल दिउँसो २ बजेलाई रारिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको हो ।
अन्तरिम सरकार गठनका लागि बिहीबार साँझदेखि नै प्रमुख राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम सरकारको नेतृत्व भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भएको छ ।
हिजोदेखि भइरहेको सर्वपक्षीय छलफल आज बिहान ३ बजेसम्म चलेको थियो । तर, संविधान सम्वत अन्य आन्तरिक विषय भने टुंगो लागिनसकेको स्रोतले बताएको छ ।
यता जेनजीका युवाहरूले भने संसद् विघटनलाई मुद्दा बनाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सक्ने या नसक्ने विषयमा विज्ञहरुसँग छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया