२०८२ आश्विन १६ | Oct 02, 2025

सुनको मूल्यमा अप्रत्यासित वृद्धि, बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २७
|
29.1k views

ललितपुर। नेपाली बजारमा शुक्रबार सुनको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्ला दिनमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहे पनि विहीबार भने बुधबारकै मूल्य कायम थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया