२०८२ आश्विन १६ | Oct 02, 2025

सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त वक्तव्य, संविधानवादबाट बाहिर जान हुँदैन

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २७
|
2.3k views

ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रुपमा वक्तव्य निकालेका छन् । वक्तव्य मार्फत् संवैधानिक प्रक्रियाबाट नै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेका जानकारी गराएका छन् । आज दुवैले संयुक्त वक्तव्य जारी गर्दैै संघीय संसद् भवन तथा सचिवालय र देशभरि गरिएको आगजनीबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ, ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया