
ललितपुर । दाङका मित्र लाल पार्देले पोल्याण्ड बाट नयाँ सामाजिक सञ्जाल “साथी” सुरु गरेका छन्। ‘साथी’ (https://sathi.meroreservation.com/) ले प्रयोगकर्तालाई फोटो, भिडियो र आफ्ना भावनाहरू साझा गर्ने सुविधा दिएको छ। यस प्लेटफर्मले फेसबुक जस्तो सजिलो अनुभव प्रदान गर्दछ तर हल्का र छरितो इन्टरफेस भएकाले दैनिक जीवनका क्षणहरू सजिलै साझा गर्न सकिन्छ।
साथीमा पोस्ट गरिएका सामग्रीहरू गेस्ट मेम्बरले पनि हेर्न सक्ने sathi.pngसुविधा छ। त्यसैले तपाईंको साथी, परिवार वा अन्य समुदायका सदस्यहरू खाता नखोले पनि तपाईंको सामग्री हेर्न र अनुभव लिन सक्छन्। साथै, साथी मोबाइलमै पूर्ण रूपमा चल्ने र प्रयोग गर्न सजिलो बनाइएको छ। एप्स नहुँदा पनि कुनै समस्या छैन -ब्राउजरबाट सजिलै पहुँच गर्न सकिन्छ। साथीलाई मोबाइलको होम स्क्रीनमा राखेर तुरुन्तै खोल्न सकिन्छ।
पार्देले भने, “विदेशमा रहँदा हाम्रो संस्कार, भाषा र समुदायसँगको सम्बन्ध कहिलेकाहीँ कम्जोर हुन्छ। साथीले हामी सबैलाई एउटै डिजिटल ठाँउमा जोड्नेछ, जहाँ हाम्रा विचार, अनुभव र खुशी–दुःख साझा गर्न सकिन्छ। फोटो, भिडियो, भावनाहरू राख्ने सुविधा छ, गेस्ट मेम्बरले पनि सामग्री हेर्न सक्छन्, र मोबाइलमै सजिलै पहुँच गर्न सकिन्छ। फेसबुक जस्तो अनुभव तर हल्का र छरितो तरिकाले उपलब्ध छ।”
पोल्याण्डमा बसेका नेपाली विद्यार्थी, कामदार र व्यवसायीहरूले अब आफ्नो दिनचर्या, समाचार र सांस्कृतिक कार्यक्रमहरूको जानकारी सजिलै साझा गर्न सक्नेछन्। यस प्लेटफर्मले समुदायको विकास, सहयोग र सामाजिक अन्तरक्रियामा जोड दिएको छ। साथी अब अनलाइन सक्रिय छ। https://sathi.meroreservation.com/ मा गएर सजिलै आफ्नो खाता खोल्न र संसारभरका नेपालीहरूसँग आफ्नो अनुभव साझा गर्न सकिन्छ ।
यस अघि पोल्याण्डमा एसएमएस सर्भिस फर यु कम्पनीले सुरु गरेको ‘मेरो रिजर्भेसन’ नेपालमा मेरो रिजर्भेसन प्राली मार्फत पनि निरन्तर काम गरिरहेका पार्देले “साथी”सुरु गरेका हुन् । ।
मेरो रिजर्भेसन एउटा यस्तो प्लेटफर्म हो जहाँ हंजारौ कम्पनीका रिजर्भेसन सम्बन्धी अनलाइन वेबसाइटहरू भेट्न सकिन्छ । हजारौँ कम्पनीहरूको ब्यानर वेबसाइट राख्न अफिलियट अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरिएको छ । मेरो रिजर्भेसनबारे जानकारी दिँदै संस्थापक पार्देले लाखौँ रुपैगरेका छन् ।
मेरो रिजर्भेसनभित्र सयौँ बुकिङ वेबसाइटहरू छन् । सयौँ सपिङ वेबसाइटहरू छन् । सयौँ टुर प्याकेजहरू छन् । लाखौँ होटेलहरू खोज्न सकिन्छ । सयौँ जहाजहरू विभिन्न अनलाइन वेबसाइट मार्फत खोज्न सकिन्छ । स्क्याइ स्क्यानर बुकिङ होटेल लुक फ्लेक्स बस साइट सिन ट्रेन रेल मनोरञ्जन सम्बन्धीका सामान किन्ने वेबसाइट खोज्न सकिन्छ । हालसम्म मेरो रिजर्भेसनमा १० हजार वेबसाइटहरूले अफिलियट पाएका छन् । मेरो रिजर्भेसन विभिन्न कम्पनीहरूको वेबसाइट राखिदिने एउटा घर भएको उनले बताए ।
प्रसिद्ध गीतकार लोकराज अधिकारी मेरो रिजर्भेसन अनलाइन बजारका लागि नेपालका तर्फबाट ब्रान्ड एम्बास्डर हुन् । मेरो रिजर्भेसन प्रा ली को प्रचारात्मक गीत पनि अधिकारीले लेखेका हुन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया