
ललितपुर । पूर्वमन्त्री भद्रकुमारी घलेले शुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएको आफूलाई खुशी लागकेको बताएकी छिन् । उनले जेनजी आन्दोलनले नेपालका राजनीतिक दलहरुलाई निकै राम्रो उपदेश दिएको बताइन् ।
उनले भनिन्, “२३ गते सुरु गर्यो २४ गते स्वाहा, वाह ! वाह ! वाह !” देशका नौजवान युवाहरु सबैले विदेश जानु पर्ने परिस्थितिको सृजना गराउने यी राजनीतिक दलहरुलाई आफ्ना नाति उमेर समूहका केटाकेटीले राम्रो पाठ सिकाएका बताइन् ।
९५ वर्षीय पूर्वमन्त्री घलले देशमा यति छिटो कल्पनै नगरेको परिवर्तन भएको बताएकी छिन् । उनले भोट हाल्न जानेकाले नै तह लगाउन पनि जानेका रहेछन् भन्दै जेनजी पुस्ताले भ्रष्टाचार विरुद्ध जेनजीले चालेको यस कदमप्रति आफू निकै खुशी भएको बताएकी छिन् ।
उनले भ्रष्टाचारको सीमा नाघिसकेको र एउटा व्यक्ति पद र पैसाका लागि ४–५ पटकसम्म प्रधानमन्त्री बनिरहँने र देश लुटेर खाइरहने परिपाटीको अन्त्य गर्न २८ वर्षभित्रका जेनजीका नाति पनातीहरुले यी दलहरुलाई राम्रो पाठ सिकाइदिएकोमा आफू खुशी भएको बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया