२०८२ आश्विन १६ | Oct 02, 2025

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २९
|
2.2k views

ललितपुर। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाला सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य २ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया