२०८२ भाद्र २९
765 views

ललितपुर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । सिंहदबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा उनले पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिन् ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाका निःशुल्क उपचारको निर्णय गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया