२०८२ भाद्र २९
1.4k views

ललितपुर । आइतवार पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् । सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आङ्कलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताएकी हुन् ।
उनले क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् ।
उनले निजी क्षेत्रलाई कसरी उठाउने भन्नेमा हामी सोच्ने बताइन् । बैंकको सफ्ट लोन दिने अथवा केही अन्य सहयोग गरेर हुन्छ त्यो सहयोग सरकारले गर्ने उनको भनाई छ ।
सानासाना व्यापारीहरू पनि लुटिएको भन्दै उनले साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने बताईन् । उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया