कविता : सरकार ! भारतले देश मिच्दैछ

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
19.4k views

ललितपुर - सरकार !
लुम्बिनी र कपिलवस्तु
भर्खरै भारतको मानचित्रमा टाँसिएको छ ।
नेपाली शासक चुइँक्क बोल्दैनन्
मेरो देशको शासक !
तिमीलाई देश दुख्दैन ?
सैनिकहरू यसबेला कहाँ छन् ?
प्रहरीहरू यसबेला कहाँ छन् ?
देशभक्तहरू कता छौँ ?

यसैबेला सिंहदरबार जलेको छ ।
यसैबेला संसद भवन जलेको छ ।
यसैबेला सर्वोच्च अदालत जलेको छ ।
यसैबेला उपराष्ट्रपति निवास जलेको छ ।
प्रधानमन्त्रीको निवास जलेको छ ।
राष्ट्रपति निवास जलेको छ ।
अख्तियार अनुसन्धान जलेको छ ।
डेटा सेन्टर कसैको घर थिएन ।
स्थानीय तहको प्रशासन जलेको छ ।
राष्ट्रको सम्पत्ति माथि
घात प्रतिघात हुँदै जलेको छ ।
देश यसबेला प्रताडित भएको छ ।
महाकाली, लिपुलेक, लिम्पियाधुरा, कालापानी माथि घात गरिँदैछ ।

    छिमेकीहरूले यसबेला
    हामी माथि घात प्रतिघात गरेका छन् ।
    हाम्रौ मौनता
    हाम्रो कमजोरी र विवशता होइन ।
    सरकार वतासे डिम्बा माथि ओथारो बसेर
    देशभक्तिको स्वाँग गरिरहेको छ ।
    आफ्ना वैभवता हाम्रा राष्ट्रिय धरोहर
    पुर्खाले आज्र्याको सिमानाहरू
    छिमेकीद्वारा चिथोर्ने गरेको छ ।
    मेरो देश माथिको बर्बरता
    उत्तर–दक्षिणको मिलोमतोमा
    मेरो देश माथि घात प्रतिघात गरिरहेका छन् ।
    हाम्रो ऐतिहासिक विरासतले भरिएको राष्ट्रियता
    हाम्रा खुल्ला सिमानाका खोटहरू
    दक्षिणीतर्फका आतातायी व्यवहारहरू
    देशले व्यहोर्नु परिरहेको छ ।

    प्रचण्डका घृणित दृश्यहरू
    देशद्रोही हरकतहरू
    माओवादी लेपनका तिम्रा घृणित कर्तुतहरू
    ती क्षेत्रहरूमा तिम्रा हरकतहरू
    घृणित देशद्रोही हर्कतहरू
    भारतीय नोटको चाङहरू
    अग्निको प्रज्वलन खुमलटारमा देखिएका छन् ।
    मेरो देशको वैभवता माथि
    अरबौँ भारतीय रुपैयाहरूको आडमा
    देशप्रतिका तिम्रा गद्दारीहरू
    अग्नी दोहनमा सवुति दिएका छन् ।
    तिम्रा देशद्रोही हर्कत प्रस्ट भएका छन् ।

      भारतीय सरकार !
      तिमीले प्रचण्डलाई पुत्ले र पाङ्ग्रे बनाएर
      माओवादीको लेपन लगाएर पठाएका थियौ ।
      तिम्रो लेपन यसबेला नाङ्गिएको छ ।
      माओवादीहरू संसारका प्रिय मान्छे छन् ।
      माओवादीहरू इमान्दार हुन्छन्
      माओले आफ्नो अर्दलीलाई
      एक सिता भात फ्याँकिदा
      आइन्दा नफ्याँक्नु,
      यो किसानको श्रम हो ।
      श्रमलाई सन्मान गर्नुपर्छ सम्झाउन हुन्थ्यो ।

      प्रचण्ड तिमीद्वारा बनाइएका माओवादी
      हाम्रा भूमि माथि कब्जा गर्न
      हाम्रा वैभव माथि अग्नी वर्षाएर
      हाम्रो इतिहास माथि घृणितता देखायौँ ।
      तिमीलाई देशद्रोही घोषणा गर्छु ।
      संयुक्त राष्ट्रसंघ इकाई काठमाडौँ
      म तिमीलाई सचेत गर्दै भन्छु –
      मेरो देशको लुम्बिनी र कपिलवस्तु
      हामी अगाधता
      हाम्रो प्रिय भूमि
      भारतीय सरकारको हेपाहा नीतिको उपज
      मेरो सरकारको मौनता

      नव प्रधानमन्त्री !
      मेरो देशका भूमिहरू
      भारतीय नक्सामा पुनरावृत्त भएका छन् ।
      नेपालस्थित संयुक्त राष्ट्रसंघको इकाई
      तिमीलाई सचेत गराउँदै भन्छु
      मेरो देशको भूमिलाई
      तिम्रो नक्सामा हुडलेर
      तिम्रो चर्तिकलाको विरोध गर्दै भन्छु
      भारतीय विस्तारवाद मुर्दावाद
      संयुक्त राष्ट्रसंघ इकाई काठमाडौँ ।
      भारतीय सरकारको वरवरता विरुद्ध
      तिमीलाई उजुरी हाल्दै
      यी कविताका स्वरहरू तिमीसँग पुग्नुपर्छ ।
      यो घृणित, विकृतिको विरोधमा
      राष्ट्रिय झण्डा आकाशतिर उचाल्दै
      मेरो देश जिन्दावाद

      छिमेकी भारत !
      हाम्रो पुर्खाको वैभवता
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      हाम्रो पुर्खाको सिर्जित भूमि हो ।
      हामी नेपालीको वैभवता हो ।
      भारत र चीन युद्धताका
      केही समयका लागि सैनिकहरूलाई
      सुस्ताउनका लागि
      तिम्रो याचना
      राजा महेन्द्रको पुर्नविचार
      छिमेकीप्रतिको सदासयता
      नेपाली आत्माको गौरवता छर्केको थियो ।
      ती गुणहरू यसबेला लछार्दै छौ ।
      हाम्रो जीवनमय भूमि माथि
      कब्जा माथि कब्जाको शिलशिला थोपरेर
      मेरो देश माथि घात÷प्रतिघात गरिरहेका छौँ ।

      छिमेकी भारत !
      तिम्रो यो घृणित संस्कारका विरुद्ध
      हाम्रा राजाको छिमेकी प्रतिको संस्कार सिकाउँदै भन्छु
      राजा महेन्द्रद्वारा उदारता,
      छिमेकीको संस्कारको सन्मान गर्न सिक
      हाम्रो सदासयताको सम्मान गर ।
      मेरो देश बुद्धको तपोभूमि हो ।
      मेरो देश भृकुटीको माइती हो ।
      छिमेकी प्रतिको सद्भाव
      छिमेकी प्रतिको आदरभाव
      हामी आफूलाई संस्कारिता ढालेका छौँ ।
      मेरो महान देशका एकीकरणकर्ता भन्नुहुन्थ्यो ।
      जाइ कटक नगर्नु, झिकि कटक नगर्नु
      दुई शताब्दी भन्दा अघिदेखिकै
      पृथ्वीनारायण शाहका दिशाबोध
      हामीले अङ्गीकार गरेका छौँ ।
      हामी हाम्रो देशप्रति गर्व गर्छौ
      हामी आफूलाई खरानीमा परिणत गरेर
      देश उठाउने उद्दतमा लागिपरेका छौँ ।
      हामी आफूमा देश रोपेर भन्ने गर्छौ
      जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी ।
      आँपगाछी, तरहरा, इटहरी

       पात्रो/राशिफल  रेडियो YouTube