२०८२ आश्विन १६ | Oct 02, 2025

अर्थमन्त्रीद्वारा बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
2.6k views


ललितपुर । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले बजेट कार्यान्वयनका लागि आयोजना प्राथमिकिकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन् ।

आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बजेटको कार्यान्वयन गर्न आयोजना प्रथामिकिकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।

उनले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने समेत उल्लेख गरे । “अब निर्वाचन गर्नुपर्नेछ, युवाका माग पू्रा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नु परेको हो”, उनले भने ।

अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया