२०८२ भाद्र ३०
663 views

ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नदिने घोषणा गरेका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो सेवा सुविधा सहिद परिवारलाई प्रदान गर्ने निर्णय गरेका हुन् ।
यसैबीच मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया