२०८२ आश्विन १६ | Oct 02, 2025

बैंकिङ प्रणाली सबै ठिकठाक छन् -गभर्नर

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
1.1k views

ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले बैंकिङ प्रणाली सबै ठिकठाक रहेको जानकारी दिएका छन् ।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर पौडेलले जेन–जी आन्दोलनकाक्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि प्रणाली भने ठिकठाक रहेको जानकारी दिएका हुन् ।

गभर्नर पौडेलले ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका र ६९ वटा एटिएममा केही असर परेको जानकारी गराउदै अनुभवी अर्थमन्त्री आएकाले काम गर्नका लागि सहज हुन बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया