२०८२ आश्विन १६ | Oct 02, 2025

आन्दोलनमा भएको हत्या, आगजनी, लुटपाट र तोडफोडका सम्बन्धमा छानबिन गर्न न्यायिक जाँचबुझ आयोग बनाउने निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
1.1k views

ललितपुर।  ललितपुर । सरकारले जेनजी आन्दोलनमा भएको हत्या, आगजनी, लुटपाट र तोडफोडका सम्बन्धमा छानबिन गर्न न्यायिक जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोग बनाउने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका छन् । 

यस्तै बैठकले जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने  निर्णय गरेको छ । 

जेनजी आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । बैठकले मृतकको सम्झनामा जेनजी स्मृति स्मारक बनाउने पनि निर्णय गरेको छ ।

घाइतेहरूको निःशुल्क उपचार र मृतकलाई सहिद घोषणा सँगै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने पनि आजको बैठकको निर्णय छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया