२०८२ आश्विन १६ | Oct 02, 2025

सुनचाँदीको मूल्यमा अप्रत्यासित वृद्धि, बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३१
|
21.8k views

ललितपुर । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा अप्रत्यासित वृद्धि भएको छ । सुनचाँदीको मूल्ययले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ भने चाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक हुँदै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । गत आईतबार कायम दुई लाख १५ हजार ८०० रुपैयाँको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । सोमबारको बजारमा चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया